सुनको मूल्य ३०० ले घट्याे, यस्ताे छ बजार भाउ

324
saajhaonline

काठमाडौं, ९ माघ | साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालु साताकाे पहिलाे दिन आइतबार ताेलामा ३००ले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघअनुसार गत साताकाे अन्तिम दिन शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Previous article१५ सय परिवारका लागि सुनकोसी लिफ्टिङ खानेपानी योजना, लागत २४ कराेड
Next articleतेह्रथुममा तपाइको मास्क खै ? कार्यक्रम

Leave a Reply