गठबन्धन सरकारले धनकुटाको लागि छुटिएको १० अर्ब पैसा काटेर धनकुटाको जनता माथि अन्याय गरे, संसद राजेन्द्र राई ,

गठबन्धन सरकार काङग्रेसले धनकुटाको लागि छुटिएको १० अर्ब पैसा काटेर धनकुटाको जनता माथि अन्याय गरेको भन्दै धनकुटाको जनताले दह्रो ढंगले प्रतिवाद गर्ने भन्दै संघिय संसद राजेन्द्र राईले खेदप्रकट गर्नुभएको छ । प्रगतिशील सेवा समाज पाख्रीवास नगरपालिका वडा नं ७ को आयोजनामा आज माघे मेलाको अवसरमा गोरु जुधाइ प्रतियोगितालाई उद्घाटन गर्नु हुदै प्रमुख अतिथि संघिय संसद राजेन्द्र राईले यस्तो बताउनु भएको हो ।

तमाम जनतालाई धनि बनाउन चाईरहेको बताउनु भयो । जब धनकुटामा एमाले पार्टीले चुनाव जिते संगै जनप्रतिनिधिले गरेको काम बाट धनकुटाको जनता खुसीरहेको भन्दै धेरै काम गर्न सफलभएको दावी गर्नु भयो । त्यस्तै गरी उहँले हिजो कुनै सरकारले गर्न नसकेको पाख्रीबासको जनताको आर्थिक स्थिति सुधार जनप्रतिनिधिले गर्न सफल भएको दावी थियो ।

त्यस्तै मेयर वृष बहादुर राईले पनि कृषि ,पर्यटन , स्वास्थ्य अन्य भौक्तिक निमार्ण देखि लिए सडक लगायतका क्षेत्रमा धेरै कामको सुरुवात तथा काम गर्न सफल भएको बताउनु भयो । त्यस्तै गरी उहाले अहिले गठबन्धनको सरकारले विकास निमार्णको काममा अबोरोध गरिरहेका कारण काम गर्न असहज भईरहेको आरोप लगाउनु भयो । त्यस्तै वडा नं ७ का वडा अध्यक्ष फडिन्द्र तामाङले थुप्रै विकास निमार्णका काम गर्न सफभएको चर्चा गर्नु हुदै ५ वर्षको अबधिमा वडा भित्र फुसको छानो मुक्त वडा बनाउन सफल भएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जगरका उपप्रमुख देवकला तिम्सीना ,वडा नं ८ वडा अध्यक्ष सिताराम राई, वडा सदस्य होम बहादुर बस्नेत , वडा नं ९ का वडा अध्यक्ष चन्द्रलाल तामाङ, समाजसेवि राम बहादुर खड्का लगायत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । गोरु जुधाइ प्रतियो गितामा नगर र माहालक्ष्मी नगरपालिका वडा न्ं ७ जितपुरका गरी जम्मा ६ हल गोरु जुधाइएको थियो । सोहि अवसरमा डोरी तान्ने , पोल चढ्ने लगायतका मनोरञ्जनात्मक खेल समेत खेलाइएको थियो । साथै गाँउका स्थानिय कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष गोपाल विश्व कर्माको अध्क्षतामा सम्पन्न भएको थियो ।