नेपाल आदीवासीजनजाती पत्रकार महासंघ फोनिज धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ । फोनिजका निवर्तमान जिल्ला अध्यक्ष शन्तवीर लामाको अध्यक्षता तथा फोनिजका १ नं प्रदेश महासचिव विदुर खवासको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच नवनिर्वाचित जिल्ला पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिए हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश महासचिव खवासले जिल्लामा निर्माण गरिएको अक्षकोष वृद्धीका लागि लाग्न नयाँ कार्य समितिलाई आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग रहने बताउनु भएको छ ।
त्यस्तै केन्द्रिय सदस्य सञ्जय सन्तोषी राईले आदीवासी जनजातीहरु प्रति राज्यबाट भईरहेको विभेद विरुद्व आदीवासी जनजाती पत्रकारहरुले आफ्नो कलम कलम चलाउनु पर्नेमा जोड् दिनुभयो । उहाँले आफ्नो स्वार्थ पूर्तिका लागि जातजातीको कुरालाई भर्याङको रुपमा मात्र प्रयोग गर्ने छद्मभेषी व्यक्ति विरुद्व आवाज उठाउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नं प्रदेश उपसभापति हिमा चेम्जोङ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,निर्वाचन आयुक्त ठगिन कुमार राई लगायतले मन्तव्य राखेका थिए ।