पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डर सहित संयुक्त विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं, २८ कात्तिक | सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ  काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनी मार्ग  स्थित रत्नराज्यलक्ष्मी क्याम्पस बाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले  सिलिन्डरमा  विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, लेखिएको थियो ।

सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।