कृषि विकास बैंकले आफ्नो शेर धनीहरुलाई बम्पर लाभांश दिने तयारी |

काठमाडौं | कृषि विकास बैंकले आफ्नो शेर धनीहरुलाई बम्पर लाभांशको घोषणा गर्ने तयारी गरेको छ । बैंकको उत्कृष्ठ वित्तीय विवरण भएकाले यो पटक आक्रर्षणा लाभांश दिने तयारी गरेको हो । बैंकले आर्थिक वर्ष २०७६÷७७ मा १५ प्रतिशत बोनस सेयर दिएको थियो। तर गत आर्थिक वर्ष २०७७÷७८ को नाफा बाट लाभांश घोषणागर्न बाकी छ । बैंकको वितरण योग्य नाफा भने जम्मा १० रुपैयाँ रहेको छ।

बैंकले जगेडाकोषको प्रयोग गर्दै आक्रषण लाभांश दिने बैंक श्रोतले जनाएको छ । बैंकले बोनश सेयरमा जोड दिदै सेयर धनीलाई खुशी पार्ने जनाएको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९८ करोड रुपैयाँ छ। नेपाल सरकारको ५ अर्ब ४३ करोड रुपैयाँको अग्राधिकार सेयर सहित भने १६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

बैंकको जगेडा कोषमा ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। यदि नाफा र जगेडा कोष प्रयोग भयो भने लाभांश बढ्न सक्ने छ। बजारमा तिव्र उतारचढाव हुँदा पनि बैंकको सेयरमा भने खासै उतारचढाव छैन। पछिल्लो तीन महिनाको औषत मूल्य ५१० रुपैया रहेको कृषि विकास बैंकको सेयर मूल्य मंगलबार ५१५ रुपैयाँ छ।