राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि ८१४ जनाको लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।
सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबार बाट अनलाइन फाराम भर्न सक्नेछन् | बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उप-प्रबन्धकका लागि आह्वान गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले सहायक प्रबन्धक , वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो । ५ मंसिरभित्र दरखास्त दिइसक्नु सूचना मा उल्लेख गरिएको छ | ।