प्यान्डोरा पेपर्सको खुलासा गैरकानुनी सम्पत्ति राख्नेमा विश्वका नेता तथा पूर्व राष्ट्रपति धेरै

398

गैरकानुनी रुपमा आर्जन गरेको रकम लुकाउनका लागि उनीहरुले करछलीका लागि सहज मानिने ट्याक्स हेभनमा अफशोर कम्पनी खोलेर लगानी गरेको खुलासा भएको प्यान्डोरा पेपर्समा उल्लेख छ । यसमा ३५ जना वर्तमान अवस्थामा कार्यकारी भूमिकामा रहेका व्यक्ति छन् भने पूर्व नेता तथा ३ सयभन्दा धेरै सार्वजनिक पदाधिकारीहरुको नाम समेटिएको छ ।  उनीहरुको कर छल्ने हिसाबले देश बाहिर स्थापना गरिएका अफशोर कम्पनीहरुका फाइल भेटिएको बीबीसीले जनाएको छ । ती कागजपत्रले जोर्डनका राजाले बेलायत र अमेरिकाका सम्पत्तिबाट ७० मिलियन पाउण्ड गोप्य रुपमा जम्मा गरेको देखाएको छ ।

यस्तै, बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उहाँकी श्रीमतीले लण्डनमा रहेको कार्यालय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउण्ड जोगिएको खबरमा उल्लेख गरिएको छ । यस्तै, प्यान्डोरा पेपर्सले मोनाकोमा रहेको गोप्य सम्पत्तिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध रहेको देखाएको छ । यस्तै, युक्रेन, केन्या, इक्वेडरका राष्ट्रपति, चेक गणतन्त्रका प्रधानमन्त्री तथा अमेरिका, रुस, टर्की लगायतका देशका अर्बपतिको पनि गोप्य आर्थिक कारोबार रहेको खुलासा गरिएको छ ।

पछिल्लो पटक सार्वजनिक भएको वित्त गतिविधि सम्बन्धी गोप्य कागजातहरु, जस्लाई प्यान्डोरा पेपर्स नाम दिइएको छ । पछिल्लो सात वर्षमा गोप्य कागजातहरु सार्वजनिक हुने क्रम जारी रहेको छ र प्यान्डोरा पेपर्स त्यसकै निरन्तरता हो ।

अमेरिकाको वासिङ्टन डीसीमा रहेको अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र, इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट आईसीआइजेसहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा प्यान्डोरा पेपर्स सार्वजनिक भएको हो ।

Previous article१५ महिनापछि नेकपा एमाले पार्टीको नेतृत्वमा सरकार बन्छ:ओली
Next articleइटालीको भवनमा विमान खस्दा बिते दुई देशका धनाढ्य परिवार

Leave a Reply