
युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति परिवर्तन भएको छ। कम्पनीको आईपीओ अब मंसिर ३ गतेदेखि निष्काशन खुला हुनेछ। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले निष्काशन मिति परिवर्तन गरेको हो।
कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।