टोकियो । गैरआवासीय नेपाली संघ जापानले २५६३औं बुद्घ जयन्तिको अवसरमा २५६३ मिलिमीटर बुद्द र बुद्दत्व अँकित कपडामा हस्ताक्षर संकलन गरि जापानको तथ्याङ्क हेर्ने आधिकारिक निकाय समक्ष बुझाउने गरि शान्ति र्यालीको आयोजना गर्ने भएको छ ।
केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजक को विश्वास छ । यस पटकको र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गर्नु हुने छ।
बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित अिप्रल अप्रील २१ तारिक आईतबारको लागी भेलाहुने पार्क हिबिया पार्क र त्यहॉ बाट गिन्जा र्याली जानेछ । र्याली हिबीया पार्कबाट दिउसो १३:००बजे सुरुहुने गरी अनुमती पाएको छ ।
बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी हुन अध्यक्ष टाशी वाङदी लामाले आग्रह गर्नु भएको छ ।
सहभागीहरुले स्वस्फुर्त रुपमा नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका प्लेकार्ड पनि संगै प्रदर्शन गरिने एनआरएनले जनाएको छ ।