अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टा काम गर्न सक्ने

535

काठमाडौं १० फागुन। अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् । शिक्षा मन्त्रालयको नयाँ नीति अनुसार हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्‍याइएको शिक्षा मन्त्रालयको वेभसाइटमा उल्लेख छ । यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ ।

यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्णरूपमा काम गर्न पाउनेगरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि अब बढाउन लागिएको हो ।संशोधित नयाँ कानुन अनुसार अब स्नातक सक्ने विद्यार्थीले चार वर्षको पीएसडब्लु भिसा पाउने छन् । यस्तै स्नातकोत्तरका विद्यार्थीले ५ वर्ष र विद्यावारिधि तहका विद्यार्थीले ६ वर्ष त्यस्तो भिसा प्राप्त गर्न सक्ने शिक्षा मन्त्री ज्यासन कार्लीले बताएका छन् ।

Previous articleमेन्छियाम हाइड्रोपावरको आइपिओ खुला
Next articleकुमार मोक्तान र नायिका सिता लामा अभिनित “तिमीलाई देखेर” सार्वजनिक

Leave a Reply