श्रमस्वीकृति लिने चिनियाँ अगाडि

472

काठमाडौं,१८ मंसिर । रोजगारीका लागि दैनिक दुई हजारभन्दा धेरै जनशक्ति विदेश पठाउने मुलुक आफैँले भने दक्ष जनशक्तिको अभाव झेल्नु परिरहेको छ ।

सरकारले विगतदेखि नै स्वदेशमा दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ । चालू आर्थिक वर्षको ४ महिनामा मात्र सरकारले ६ सय ७१ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रमस्वीकृति) दिएको छ । यो संख्या गत वर्षको भन्दा भने कम हो ।

नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनाहरूमा काम गर्न विदेशी आउने गरेका छन् ।

कोभिड महामारीका कारण लामो समय नेपालका परियोजना बन्द हुँदा यहाँ आउने विदेशीको संख्या घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । आजको कारोबार दैनिकबाट

Previous articleप्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !
Next articleअर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

Leave a Reply