क्यानडामा सिख युवतीको गोली हानी हत्या

586

एजेन्सी, २० मंसिर । क्यानडाको ओन्टारियो प्रान्तमा सोमबार एक २१ वर्षीया क्यानेडियन सिख युवतीलाई गोली हानी हत्या गरिएको छ । प्रहरीले यसलाई टारगेट किलिङको रुपमा लिएको छ ।

प्रहरीका अनुसार मृत्यु भएकी युवती पवनप्रीत कौर हुन्, जो ब्राम्पटन निवासी हुन् । उनी मिसिसाउगा सहरमा आफ्नो कारमा पेट्रोल भर्दै थिइन्, जब एक अज्ञात आक्रमणकारीले उनलाई गोली हानेका थिए।

पछिल्लो १५ दिनमा यो दोस्रो घटना हो । यसअघि नोभेम्बर २५ मा कोलम्बियामा नै १८ वर्षीय बालकको हत्या भएको थियो । महकप्रीत सेठीलाई विद्यालयको पार्किङमा एक युवकले छुरा प्रहार गरी हत्या गरेका थिए । दुवैबीच कुनै न कुनै विषयमा झगडा भएको थियो ।
घटनामा सम्लग्नको खोजी गरिरहेको प्रहरीले जनाएको छ । शंकास्पदको खोजी भइरहेको छ । घटनापछि पवनप्रीत कौरको परिवारलाई खबर गरिएको थियो।

मेहकप्रीतको नोभेम्बर २५ मा ओन्टारियोको सरे सहरको तामनविस सेकेण्डरी स्कूलको पार्किङमा मृत्यु भएको थियो। १७ वर्षीय युवकले उनलाई छुरा प्रहार गरी हत्या गरेका थिए । विद्यालयका प्रधानाध्यापकका अनुसार आरोपित बालक विद्यार्थी नभएको बताए । आक्रमणपछि मेहकप्रीतलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Previous article‘८० को एसईईका लागि नयाँ पाठ्यक्रम’
Next articleसत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति !

Leave a Reply