जनकपुर – मुलुकमा सुर्ति सेवनबाट दैनिक करिव ६० जनाको मृत्यू हुने गरेको छ । सुर्ति खाएर दिनह ५० देखि ६० जनाले जीवन गुमाउने गरेको एक तथ्यांकले देखाएको छ ।
स्वास्थ्य पत्रकार मंच र एक्सन नेपालको संयुक्त आयोजनामा जनकपुरधाममा बिहीवार आयोजना गरिएको कार्यक्रममा नेपालमा वर्षेनि २७ हजार १ सय ३७ व्यक्तिको मृत्यु सुर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको तथ्यांक सार्वजनिक गरिएको हो । विश्वव्यापीरुपमा ७० लाख व्यक्ति वर्षेनी सुर्ति सेवनबाट मृत्यु भइरहेको छ ।
नेपालमा सुर्तिजन्य पदार्थ सेवन गर्ने भन्दा त्यसको प्रभावमा पर्ने को संख्या ४८ प्रतिशत रहेको छ । अर्थात मुलुकको एक तिहाई जनसंख्या सेवन नगरेपनि सुर्तिजन्य पदार्थको चपेटामा रहेको छ । त्यसैगरि नेपालमा १३ देखि १५ उमेर समुहका ७ प्रतिशत भन्दा बढिबालबालिका सुर्ति सेवन गर्दै आएको डरलाग्दो तथ्यांक सार्वजनिक गरिएको छ ।
विश्वव्यापी तुलनामा नेपालमा धनि भन्दा बढि गरिव व्यक्ति सुर्तिजन्य पदार्थको सेवन गरिरहेको र त्यसमा सवैभन्दा बढि सेवन गर्नेको संख्या प्रदेश नं २ मा रहको तथ्य सार्वजनिक गरिएको छ । सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या घटाउनका लागी पहल नगरिएको पनि होइन यसका लागि विश्वका १ सय ८० देशले प्रयास गर्दै आएको छ । टोबाको युजरलाई घटाउनका लागि नेपाल सरकारले टोवाको वट्टामा ९० प्रतिशत देखिने गरि चेतावनीको चित्र राख्नुपर्ने निर्णय गरेपछि सेवन गर्नेमा केहि कमी आएको देखिएको छ । चेतावनी अंकित चित्रका कारण नेपालमा ५५ प्रतिशत सेवन गर्नेमा कमी भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रदेश नं २ का समाजीक विकास मन्त्री नवल किशोर साहले सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउनका लागि सामुहिक प्रतिवद्धता आवश्यक रहेको वताए । उनले सुर्तिजन्य पदार्थबाट हानी हुने सबैलाई थाहा हुँदा हुँदै पनि जानी जानी सेवन गर्दै आएको बताउँदै भने, ‘अहिले प्रतिष्ठा बढाउनका लागि पनि यसको सेवनकर्तामा वृद्धि भईरहेको छ ।’ उनले प्रदेश २ मा यस्ता पदार्थ सेवन बन्दका लागि छिटै नै संसदबाट कानुन पास गराउने प्रतिवद्धता समेत जनाए ।