काठमाडौं – कार्डिफ सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ ।
गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले कार्डिफलाई २–० ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र लेरोए सानेले एक एक गोल गरे ।
जितसँगै सिटीले शिर्ष स्थानको लिभरपुललाई १ अंकले उछिनेको छ । लिगमा ३२ खेलबाट म्यान सिटीको ८० अंक छ भने लिभरपुलको ७९ अंक छ ।
प्रिमियर लिगअन्तर्गत गएराती भएको अर्को खेलमा चेल्सीले ब्राईटनलाई ३–० ले हरायो । आफ्नै मैदानमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरु, एडिन हाजार्ड र रुबेन लोफ्टस चिकले एक एक गोल गरे ।
गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई २–० ले हरायो ।
टोटनह्यामलाई विजयी गराउन हिउङ मिन सन र क्रिश्चियन एरिक्सनले एक एक गोल गरे ।