मलेसियामा एक नेपालीको हृदयघातका कारण मृत्यु, शव भोली नेपाल पठाइने

  •  लनम तामाङ

मलेसिया – मलेसियामा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।

बैदेशिक रोजगारको शिलशिलामा ५ बर्षअघि मलेसिया गएका काभ्रे , नमोबुद्ध नगरपालिका वडा नं ९ गहते स्थायी ठेगाना भएका वीर बहादुर तामाङको मार्च २९ का दिन हृदयघात भई मृत्यु भएको हो ।

कामकै शिलशिलामा अचानक ढलेर मृत्यु भएका तामाङ को शव भोली विहान ८:५५ मा नेपाल पठाउन लागिएको मृतकका आफन्त करण मोक्तानले जानकारी दिएका छन् । उनले तामाङ शव नेपाल पठाउन ४ हजार रिङ्गेड ऋणगरी शव नेपाल पठाउन लागिएको बताए । काभ्रे कल्याणकारी समाज मलेसियाका कोषाध्यक्ष पासाङ लामा पाख्रिन र करण मोक्तान को संयुक्त प्रयासमा शवलाई नेपाल पठाउन लागिएको हो ।

शव पठाउन लागेको ऋणमा सहयोग गर्न मलेसियामा रहेका काभ्रेली मनलाई आग्रह गरेका छन् । उनले भने ‘ऋण उठेन भने स्वयम् म करण मोक्तान ले ब्यहोर्ने छु ,म मृतकको नजिकको आफन्त भएकोले पनि मेरो कर्तव्य र दाहित्व हो ‘।

मृतक मलेसियामा गैरकानुनीरुपमा काम गर्दै आएकोले मलेसिया सरकार र कम्पनीबाट क्षतिपूर्ति नपाएकोले करणले २ हजार रिङ्गेड र बाँकी २ हजार सापटी लिई शव नेपाल पठाउन लागिएको बताए । मृतक तामाङको श्रीमती, एक छोरी र दुई छोरा छन्।