नेपाल प्रेस युनियन यूकेको प्रथम अधिवेशन एतिहासिक रुपमा सम्पन्न : अध्यक्षमा बिपिन निरौला

784

लन्डन– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन बेलायतको अध्यक्षमा विपिन निरौला चयन भएका छन् । लन्डनको प्लमस्डेटमा भएको पहिलो अधिवेशनले बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिवमा मन्दीप केसी, प्रवक्तामा भीम खरेल, सहसचिवमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा खुशी लिम्बु, दयालु देवकोटा, लालमणि भट्टराई, सवेन्द्र अधिकारी, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, जेनी भट्टराई, रोमियन लिम्बु र सिमी पुन निर्वाचित भएका छन् ।

अधिवेशनले सञ्जयभक्त कंडेल, राजन खकुरेल, हेमन्त सेढाईं, शिव भण्डारी, उपेन्द्र पौडेल, विनय अधिकारी र कुश बस्नेतलाई युनियनको महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ । अधिवेशनको उदघाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले पत्रकारिता र बेलायतमा सिकेको ज्ञान, सीप र अनुभव नेपालसँग जोड्न बेलायतमा क्रियाशील प्रेस युनियनकर्मीलाई आग्रह गरे ।

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेका महासचिव आरके त्रिपाठीले व्यवसायिक पत्रकारितालाई प्रबर्द्धन गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले पत्रकारको दक्षता अभिवृद्धिका लागि एनआरएन यूकेले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा त्रिपाठीलाई सम्मानसमेत गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले बेलायतमा क्रियाशील प्रेस युनियनका सदस्य र जनसम्पर्क समिति बेलायतमा आबद्ध सम्पूर्ण सदस्यहरुले आफ्नो मातृपार्टी नेपाली कांग्रेसलाई समय अनुसार सहयोग र आवश्यक सुधारका लागि पहल गर्न एक जुट भई कार्य गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा, एनआरएनए उपाध्यक्ष कुल आचार्य, नेपाली राजदुतावासका उपनियोग प्रमुख शरदराज आरन, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी र नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष नरेश खपाङ्गीले नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरे ।

Previous articleमेलेसियामा राजदुत पाण्डेलाई स्वागत एव्म सम्मान
Next articleहावाहुरी पीडितका लागि कांग्रेसका सांसदले दुई दिनको तलब दिने

Leave a Reply