म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

292

काठमाडौं ४ फागुन, । प्रिमियर लिगमा बुधबार राति भएको शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको म्यानचेष्टर सिटी बीचको खेलमा सिटी विजयी भएको छ ।

आर्सनललाई उसैको मदानमा ३-१ ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको छ । सिटी र आर्सनलको समान ५१ अंक भए पनि गोल अन्तरमा सिटीले आर्सनललाई पछि पारेको छ ।

यद्यपि सिटीले एक खेल बढी खेलेको छ । सिटीले २३ र आर्सनलले २२ खेल खेलेको छ । सिटीका केभिन डे ब्रुएनाले २४औं मिनेटमा गोल गर्द अग्रता दिलाएका थिए । तर ४२औं मिनेटमा आर्सनलका बुकायो साकाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फेरि अग्रता लियो । ८२औं मिनेटमा एर्लिन हालान्डले डे ब्रुएनाको पासमा गोल गर्दै सिटीको जित पक्का गरे ।

Previous articleग्याँस सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उहाका आमा घाइते
Next articleउपचाररत नेता भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने

Leave a Reply