
ललितपुर – कुसुन्ती युवा क्लब द्वारा लालितपुरमा ‘फुट्सल प्रतियोगिता टुर्नामेन्ट’ आयोजना गरेको छ । स्थानीय फुट्सल टीमको सहभागितामा कुसुन्तीको दिब्य नगर फुटसल मैदानमा टुर्नामेन्ट भएको हो ।
प्रतियोगितामा १४ टीमबिच नकआउट खेल भएको थियो । प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार ७ हजार र ट्रफी सहित जितेको छ । जसमा रीवज वारियेर टीम पहिलो भएको थियो भने निरज टीमले नगद पुरस्कार ३५ सय र ट्रफी सहित दोस्रो स्थान हात पारेकोे थियो ।
प्रमुख अतिथि ललितपुर महानगर पालिका वार्ड न १३ को वार्ड अध्यक्ष गणेश केसि, कुसुन्ती युबा क्लबको अध्यक्ष निरज खड्का र महिला वार्डसदस्य सरस्वती जोशीले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।