नेपाल सफा गरौं (Lets clean up Nepal )

नेपाल सफा गरौं (Lets clean up Nepal) र रिभर क्लिन अप (River Cleanup )को सहकार्यमा ५४ जना स्वयमसेवकहरुले चैत्र १९ गते त्रिसुली नदी सरसफाइ गरेको छ।

नेपाल सफा गरौ सस्था बिगत ५ बर्स देखि नेपालका हिमाली  भेग , नदि नाला, गाउँ सहर सरसफाई संगै जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ साथै बाताबरण जोगाउनको निमित्त प्लाष्टिक प्रदुषण र ग्लोबल वार्मिनलाई कम गर्नको निमित्त स्थानीय स्थर र बिधालयहरुमा गई बाताबरण जोगाउन शिक्षामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ, साथै  महिला स्वास्थलाई मध्य नजर गरि महिला सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको अबगत गराउछौ।

नेपालको कुनै पनि ठाँउ सफा रहनु पर्छ र फोहोर गर्नु हुन्न, फोहोर गर्नाले हामी आफैलाई असर गर्नुको साथै बाताबरणमा प्रत्येक्ष अक्सर हुने हुनाले त्यहा रहने जीव जनावरहरु लगायत भोलि भविष्यमा आइ पर्ने प्राकृतिक प्रकोपहरु बढ्न  धेरै टेवा पुग्ने र ग्लोबल वार्मिङको कारण भोलि ठुलो क्षेति  बेहोर्नु पर्ने इत्यादी समस्याहरु भोग्नु पर्ने छ | त्यसैले हामी सबैले हामी आफुमा परिवर्तन गर्न जरुरी छ र स्थानीय सरकारहरुले वातावरण  जोगाउन समाजमा वातावरण मैत्री कार्यक्रम गरिएन भने हामीले ठुलो समस्याको सामाना गर्नु पर्ने छ।

यस सस्थाको नारा हामिले आफ्नो ठाँउ आफै सफा राख्नु पर्छ भन्ने धारण रहेको छ। नेपाल आफैमा सुन्दर देश आज फोहोर मैलाले हिमाल देखि पहाड तराई सबै क्षेत्रहरु कुरुप भएको छ। हाम्रो नेपाल अहिले बिश्व सामु प्रदुषणको १ नम्बरमा हुनुको कारण हामी सबै यस्को भागेदारी हुनैपर्छ। River Cleanup को सहयोगमा यही मिति २०७८/०२/१९ गतेको दिन मलेखु देखि ब्लु हेभेनको त्रिशुली नदी सरसफाइ सम्पन्न भएको छ। यस नदी सरसफाइ कार्यक्रममा नेपालका बिभिन्न ठाँउ देखि स्वयंसेवकहरुको सहभागी रहेको थियोे।

जम्मा ५४ जना स्वयंसेवकहरुले १२० बोरा प्लाष्टिक जन्ने फोहोर संकलन गरेको थियो, यी सबै फोहोरहरु लाई पुन प्रयोग प्रशोधन  गर्न काठमाडौंमा रहेको डोको रिसाइकलर्सलाई हस्तान्तरण गरियो। यस कार्यक्रममा स्थानीय क्लब र स्थानीय सरकार बाट कार्यक्रमलाई साथ सहयोग गरेको थियो। कार्यक्रममा पाल्नु भएका रोराङ बेनी घाट गाउँ पालिका वडा न ३ मलेखुका वडा अध्यक्ष ज्युले आफ्नो ठाँउ लाई सफा राख्न सक्ने प्रयत्न गर्ने र गरि रहनु भएको  खबर  ले  हामी अझ बढी उत्साहित भएका  छौँ।

हाम्रो यस एक दिने नदि सरसफाइ कार्यक्रमले स्थानीयहरु र स्थानीय सरकारलाई धेरै परिबर्तन गराउन त अवस्य सक्दैन तर केही हद सम्म अब त फोहोर अत्ति नै भो हामिले आफ्नो ठाँउलाई सफा राख्न वातावरण जोगाउन केहि राम्रो योजना कार्यान्वयन गर्नु पर्छ, आफ्नो ठाँउ , सहर र नदी सफा राख्नु पर्छ भन्ने सन्देश प्रबाह गराउन सबै निकायहरुलाई जागरुक गरिने  छ भन्ने आशा  लागेको छ  ।

हामीले सबै फोहोरहरु उठाउन सकिएन  किनकी त्रिशुली  नदि अबको केही बर्षमा बागमती जस्तै दुर्गधित हुन्दैछ फोहोरहरु जताततै फालिएको अबस्था छ हामीले केबल फोहोर फाल्न हुन्न है भन्ने सन्देश प्रबाह गराउन खोजेका मात्रा हो | अबको दिन हरुमा केहि  न केहि परिबर्तन हुनेछ। हामिले जब सम्म बाताबरण प्रती आफुलाई परिबर्तन गराउन सक्दैनौं तब सम्म केही परिबर्तन हुन सक्दैन। प्लाष्टिक प्रदुषण कम गराउन प्रत्येक व्यक्तिको बानीमा परिबर्तन हुन जरुरी छ। जस्तै हामिले प्रत्यक दिन खाने कुरामा कति बिसादी र प्लाष्टिक प्रदुषण जोडेको छ सबैले एक चोटि मनन गर्नै पर्छ |

हामिले खाने र गरिरहेको बानिमा परिबर्तन गर्न जरुरी छ। हामीलाई लाग्छ नेपाल सफा हुन पहिले ब्याक्तीको मन र सोच परिबर्तन हुन जरुरी छ। आउनुहोस सबै मिलिजुली नेपाललाई मनै देखि सफा राखौ, आ आफ्नो गाउँ सहर आफै सफा राखौं । हामीले फोहोर नै गरेनौ भने सफा गर्नै परेन, हाम्रो नेपाललाई विश्वमा  जति तस्वीरमा नेपाल सुन्दर देखिएको छ वास्तबमा  त्यस्तै  बनाउँ  र देखाउँ अझै पर्यटन उद्योग लाई प्रबर्द्धन गरौ।

राज कुमार श्रेष्ठ 
सस्थाका संस्थापक अध्यक्ष