
पिपुल्स रिपब्लिक अफ चाइनाले रणनैतिक साझेदारको रुपमा क्षेत्रीय एकीकरणमा सुधार गर्ने उद्देश्य,व्यापारमा वृद्धि ,आर्थिक विकास, पाइपलाइन, नेटवर्क, रेलवे,बन्दरग्राह,हाइवे,उर्जा,अन्य सुविधा जनक परियोजनाहरु निर्माण गर्दै समुद्रीक नेटवर्कबाट एसिया,अफ्रिका,युरोप संग सम्वन्ध विस्तार गर्न खोजिएको देखिन्छ ।
१. २०१३ मा सि जिन पिङले एक कार्यक्रममा यस कार्यक्रमलाइ अगाडी सरेका हुन । उनले सिल्क रोडबाट प्रभावित भएर यो महत्वकांक्षी परियोजना सर्वजनिक गरिएको मानिन्छ । जो ऐतिहासिक व्यापारिक बाटोको रुपमा चिन र युरोपहरु जोडने एक मार्ग हो । चिनले १५० देश संग र ३० अन्तराष्ट्यि संथाहरु संग सम्झौता विकास गरि सकेको छ। योे परियोजना नीति निर्माण,पूर्वाधारको विकास,व्यापार वृद्धि,वितिय एकिकरण जस्ता विषयलाइ मुख्य प्राथमिकता दिइने छ । वृहत रुपमा विकास निर्माणका पुर्वाधारमा परियोजना खर्चिने उद्देश्य लिएको देखिन्छ । चीनको प्राचिन सिल्क मार्गको पुन विकास गर्ने सड्क,रेल,बंदरगाह,पाइप लाइन अन्य सुविधाको माध्यम बाट एशिया,युरोप,अफ्रिकाबाट स्थलीय वा समुद्रीक मार्गको विकास गराउने मंहत्वकाक्षी परियोजना हो । यसरी हेर्दा चाइनाको तगतमा अझै वृद्धि भइ भूराजनैतिक प्रभुत्व कायम गर्दै शैन्य र आर्थिक विकासमा अमेरिकालाइ फडको मार्न सक्दछ।
२. चिनले विकास गरेको विकासको रणनीति अन्तर्गत एकिकृत रुपमा बडाउन खोजिएको बजारले १अन्तरस्त्रिय र घरेलु दुबै बजारको उपयोग गर्न सक्छ जस्ले संस्कृतिको आदन प्रदान,राष्ट्हरुको आपसी सम्वन्ध र विश्वासले पुँजी,प्रतिभा र प्रविधिको विकास एवं आर्थिक विकासमा गति पैदा दिने बाटोको निर्माण गर्नेमा विश्वस्त छ। सम्भावना संगै कतिपय देशले चिनको रणनैतिक घेराउको रुपमा यस सिद्धान्तलाइ मध्य नजर गरेका छन्। कतिपयले बेल्ट एंन रोड परियोजना आर्थिक,कूटनीतिक र रणनैतिक सम्वन्ध सुधार्ने मुख्य अस्त्र मान्ने आधार भएसंगै यो परियोजना लाभ हो या खतरा या अवसरको हो भन्दै जोखिम नलिने आशंका पनि गर्न सकिने भन्नेमा छन् । कतिपयले चिनले दबाव कायम राख्न चाहेको, बजारमा एकाधिकार कायम जमानउने, रिण दिए पछि मनमानि ढंगले हस्तछेप चिनले बढाउन खोज्ने आशंकाहरु पनि उतिकै नै देखिन्छ।
३.हाम्रो देश नेपालले पनि छिमेकी राष्ट् चीनको विकासको रणनीति बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। यसमा हाम्रा देशका जिम्मेवार पक्षको जिम्मेवारी पूर्वक नै आफ्नो देशको विकास संगै कला,संस्कृति,भाषा, सभ्यतामा कुनै प्रकारको बाध्यता सृजना नभइ विकासका परियोजनालाइ अगि सारिन्छ। नेपालले गम्भिर रुपमा विकासका पूर्वाधारहरुमा युवा जमातलाइ अगि सार्नु विकास एक कदम अगाडि लैजानु हो। चीनले छोटो समयमा आफूलाइ शक्ति राष्ट्को रुपमा उभ्याउन सफल भएको राष्ट् हो। नेपालले छिमेकी राष्ट् चिन पनि कुनै बेला भुकमरिले ग्रसित राष्ट् थियो ।त्यसका विरुद्ध त्यहाका सरकार र जनताले कठोर नियम पालना गर्दै आजको शक्तिशाली चीन विश्व माझ छ । यसबाट पाठ सिक्दै पूर्वाधारका थुप्रै नमुनाहरुहरुको सकारात्मक प्रयोग एव विकास गर्न सिक्दै आफैलाइ बलियो राष्ट्को रुपमा उभ्याउने पहल हामीले गर्नुपर्दछ। विशेष रुपमा युवालाइ विकासका प्रत्यक रोडम्यापबाटै समावेश गर्दै दक्षता,सीप, क्षमता वृद्धि गर्दै देश विकासको खाका आफैले अगि सर्न सक्नुपर्छ। होइन भने सदै रिण र सहयोगबाट चल्दा नुनको सोजो गर्दा देश र जनताले कहिल्यै उभो लाग्न सकिन्न। हाम्रो राष्ट् परनिर्भरता बाट पछि हटाउन देशमा भएका जल,जमिन,जंगललाइ अफै स्वतन्त्र रूपमा प्रयोग गरि देशका सम्भावनाहरुको अध्यान र खोजि गर्दै विकाशलाइ अगि बढाउनु पर्दछ।
४. यदि बेल्ट एन्ड रोड परियोजना चाइनाले सोचे अनुरूप नै सफल हुने हो भने चाइनालाइ महाशक्ति राष्ट् बन्न कसैले राक्न सक्ने छैन। चिनले मध्य युगको स्मरण गर्दै उक्त वीआरआइ परियोजना सफल तुल्याउन निरन्तर आफ्ना प्रयासहरु अगि सार्दै गएको छ। कतिपय देशमा यो परियोजनाका निर्माण कार्यहरु सुचार,त कतै अन्तरक्रिया कार्यहरु गर्दै पुर्ण सुचारु गरिएको बुझिन्छ। विश्वकै ठुलो, महत्वाकांक्षी र महंगो परियोजनाको रुपमा यसलाइ लिइएको छ। यो परियोजना आर्थिक वृद्धि विकास संगै चिनको रणनैतिक योजना हो भन्दै कतिपय देशले सकारात्मक रुपमा स्विकार गरेका छन। भने कतिपयले चिनको आर्थिक जाल फिज्याउने योजना भन्दै आसंका गरेका छ। कतिपयले रिण हो या अनुदान हो भन्ने विषय स्पष्ट् हुन सकेको छैन। सम्झैताका पक्षधर राष्ट्हरु कर्जा दिए पनि तिर्न सक्ने हैषियतका छैनन् भने कतिपय राष्टहरुको अस्थिर सरकार, द्वन्द,युद्ध जस्ता कारणले गर्दा चिनले वेल्ट्ट एन्ड रोडको नाममा कर्जा प्रवाह गरेको देशमा कर्जा फिर्ता लिन नसक्ने र चिन उल्टै आर्थिक संकटमा फस्ने केहि विज्ञहरुले सार्वजनिक गरेका छन । ढांचागत विकासले आयतमा फाइदा प्राप्त गर्ने देखिन्छ । कतिपय देशहरुले चिनले कर्जाको जालले पूरौ देशमा आतंक फैलाउने भन्ने आरोप समेत लगायका छन। हामी पनि आफ्नो देशको विकासको लागि शक्तिको प्रवाहमा नपरि नेपालको समग्र विकास,भू–राजनैतिक बनावट, युवा शक्तिलाइ दक्षतामा वृद्धि र प्रोत्साहन गर्दै नेपालको स्रोत साधानको प्रयोग गर्दै दिगो विकासका अवधारण अन्तर्गत नेपाललाइ विकास गर्दै नेपाली जनतालाइ आत्मानिर्भ र स्वभिमान नेपाली भनि विश्वमा चिनाउनु हामी सबैको वतर्मान जिम्वेवारी हो ।।