क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

583

काठमाडौं, १६ माघ | आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा जित हात पार्दै दुबै टोलीले अन्तिम चार पक्का गरेका हुन् ।

घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्‍याे । २९ वर्षीय टोकोले खेलको ५० र ५७औं मिनेटमा गोल गरे ।

अब क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्नेछ । १० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १-० अन्तरले पराजित गरेकाे हाे । बुर्किनाको जितमा पहिलो हाफको इन्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो ।

खेलको ८२औं मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे । अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्नेछ ।

Previous articleएउटा बिद्राेही गाउँ ‘पुलिमराङ’
Next articleभैरहवा क्याम्पसकाे सात वर्षकाे आयव्यय खाेज्दै आन्दोलनमा उत्रिए विद्यार्थी संगठन

Leave a Reply