नेकपा एमाले पार्टी जिल्ला कमिटी धनकुटाको ७ औ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । जिल्ला पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको जिल्ला कमिटी सचिवालय बैठकले पौष २३ र २४ गते सदमुकाम धनकुटामा गर्ने निर्णय गरेको हो ।
अधिवेशन समपनन गर्नका लागि विभिन्न निर्णयहरु गर्दै भव्यताका साथ सम्पन्न गर्नका लागि उप समिति निमार्ण गरी जिम्मेवारी दिइएको छ । राजनैतिक एवम् संगठनिक तयारी उपसमितिमा प्रदेश संसद निरन रार्ई ,सदस्यहरु चिन्तन तामाङ टंक चुवान ,शाबित्रा रार्य र शेरबहादुर लिम्बू रहेकाछन् । आर्थिक प्रतेवेदन तयारी उपसमितिमा आर्थिक विभाग प्रमुख बनकुमारी तितुङ तारा रहेको छ ।
त्यस्तै स्थानिय तहको प्रतिवेदन तयारी उपसमितिमा शिव लिम्बू र सदस्यहरुमा मनोज राई, निरेन तामाङ ,मञ्जु अधिकारी ,सन्दिप रायमाझी र बालकृष्ण राई रहनु भएको छ । मञ्च व्यवस्थापन उपसमितिमा संयोजक मनकुमारी तितुङ तारा ,सदस्यहरु फुर्वा तामाङ ,निर्मला राई श्रेष्ठ ,दिवेश खड्का ,कमला मगर दालामु शेर्पा छन् भने प्रचारप्रसार उपसमितिमा संयोजक नैन रुचाल ,सदस्यहरु भेषराज कटे्ल ,सन्तोष रुचाल ,नारायण आठपहरिया र मालाती मोक्तान मानवी रहेकाछन् ।
त्यस्तै प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजक नैन रुचालसदस्यहरु मुकुन्द भण्डारी रगोमा कार्की र त्यस्तै साास्कृतिक कार्यक्रम उपसमिति संयोज यज्ञ कुमारी रुचाल सदस्यहरुमा भिमा खनाल र सरोज भुजेलाई जिम्मेवारी दिईएको छ । अधिवेशनमा खाद्य तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा नेत्रभण्डारी कोपीला शंकर लगायत रहेकाछन् ।