सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

551

काठमाडौं, ७ पुस | फेडेरिको बर्नार्डेचीले ६० खेलपछि गोल गर्दा युभेन्ट्सले इटालीयन सिरी ए मा रेलिगेशन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।

सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेकाे हाे ।

खेलको ४० मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए । खेल सकिँन ७ मिनेट अघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए ।

फेडेरिकोले ५१३ दिन अघि गोल गरेका थिए । त्यस यता उनी गोलविहीन रहँदै आएका थिए ।

जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौस्थानमा उक्लियो । पराजित कागरियरी भने समान खेलबाट १० अंक सहित रेलिगेशन जोनको १९औँ स्थानमा छ ।

गय राति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहीत बराबरी खेले ।

Previous articleआजको मौसम
Next article२५९८ निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्याे, कुन विषयमा कति शिक्षक माग ?

Leave a Reply