महिला लघुवित्तको खुद नाफा ४४ दशमलव २१ प्रतिशतले बढ्यो

366

काठमाडौं, २ मंसिर | महिला लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा लघुवित्तको खुद नाफा ४४ दशमलव २१ प्रतिशतले बढेर दुई करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६० दशमलव ७३ प्रतिशतले बढेर छ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड सात लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २२ दशमलव १८ प्रतिशतले बढेर एक करोड ९३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक करोड ५८ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

Previous articleअमेरिकी सहायकमन्त्रीलाई लिएर स्वास्थ्यमन्त्री खोप अभियान हेर्न शिक्षण अस्पताल
Next article१० वर्षमा पनि बनेन भैरहवा क्रिकेट रंगशाला

Leave a Reply