रारा म्याराथन ११ वैशाखमा

684

मुगु, २८ कात्तिक

आगामी ११ वैशाखबाट रारा म्याराथन आयोजना हुने भएकाे छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालबाट सुरू हुने सो म्याराथन जुम्लामा पुगेर समापन हुनेछ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन पर्यटन विकास, खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए।

‘प्रमुख पर्यटकीय गन्तव्‍य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन म्याराथन महत्वपूर्ण हुनेछ,’  चन्दले भने यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीलाई आफ्नै ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ  । अन्तरालले १५ वर्षदेखि खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनलगायतका क्षेत्रमा काम गर्दै आएको छ।

रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा, जुम्ला, कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Previous articleटुकुचे हिमालबाट हिउँ पहिरो खस्यो
Next articleसानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा सरेको दाबी

Leave a Reply