चर्चित सोसल मेसेजिङ एप्स ह्वाट्सएपले एक नयाँ फिचर ल्याउँदैछ । उक्त नयाँ फिचरसँगै प्रयोगकर्ताले इन्टरनेट विना नै ह्वाट्सएप चलाउन पाउने भएका छन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएप लाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने छैन । एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपमा मल्टी डिभाइस फिचरको प्रयोग गर्न पाउनेछन् भने त्यसका लागि प्राथमिक स्मार्टफोनमा ह्वाट्सएप अनलाइन राख्नु पर्ने छैन ।
ह्वाट्सएपका अनुसार अब प्रयोगकर्ता लाई प्राथमिक स्मार्टफोनको आवश्यकता बिने अन्य उपकरणहरूमा ह्वाट्सएप लिंक गर्न सकिने छ । प्राइमरी स्मार्टफोनविनै डिभाइसहरू कनेक्ट गर्ने नयाँ फिचर पनि परीक्षणको चरणमा रहेको छ । यो एक अप्टइन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेन्यूमा लिंक्ड डिभाइसेसको विकल्पमा बेटाको रुपमा दिइएको छ ।
कम्पनीका अनुसार यस फिचरमा प्रयोगकर्ताको डाटाको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । यस अप्सनलाई सक्रिय गर्ने बित्तिकै सबै डिभाइस अनलिंक हुनेछन् भने पुनः लिंक गरेपछि मात्र प्रयोगकर्ताले यसलाई पहिलेकै रुपमा प्रयोग गर्न पाउनेछन् ।
म्यानुअल्ली लगआउट नगरेमा लिंक गरिएक डिभाइसहरू १४ दिनसम्म सक्रिया रहने छ भने मेसेज प्राप्त गर्न तथा पठाउन सकिने छ ।-एजेन्सी