
लक्ष्मी श्रेष्ठ, सिन्धुली | अखिल नेपाल खेलकुद महासंघ सिन्धुलीको पहिलो जिल्ला भेला कार्यक्रम सम्पन्न भएको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराको साथ सिन्धुलीको सिताराम पार्टी प्यालेसमा सम्पन्न भएको हो । उक्त भेला कार्यक्रम अखिल नेपाल खेलकुद महासंघ सिन्धुलीको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रम महासंघका केन्द्रिय सदस्य बम बहादुर स्याङ्तानको अध्यक्षता, नेकपा माओवादीका केन्द्रिय सदस्य राजन दाहालको प्रमुख आतिथ्याता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी गोपी लाल बोम्जन र देव गोलेको विशिष्ट आतिथ्यातामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्नु हुदैँ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी गोपी लाल बोम्जनले खेलकुद क्षेत्रमा स्थानिय सरकार र नेता कार्यकताको अतिकति पनि ध्यान नगएको गुनासो राख्नु भएको थियो । साथै उहाँले कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले आफुले सञ्चालन गरिरहेको सितोरीयो कराते खेल अब खुल्ला मञ्चको हिलोमा हैन व्यवस्थित ठाउँमा खेल्न पाउने बाचा गरेको तर अहिले पाँच वर्ष पुग्दा सम्म कुनै पनि सहयोग नगरेको बताउनु भयो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य राजन दाहाल–“ खेलाडीको खेलको प्रदर्शनको प्रभावले मात्राले र अनुरोधले मात्रा कसैले सहयोग गर्न खोज्दैन खेलाडिले दबाब दिन पनि गर्नुपर्छ । अनि मात्र खेलाडीको गुनासो सहि ठाउँमा पुग्छ,व्यवस्थित हुन्छ र सहि कार्यान्वन हुन्छ । आज भएको भेलाले ब्रम्हलाल कुमारको अध्यक्षतामा जिल्ला समिति गठन भएको छ । आज गठन भाएको उक्त समितिमा ईन्चार्जमा बम बहादुर स्याङ्तान, सह ईन्चार्जमा मधु कटुवाल र संयोजकमा खेम आले सर्व सम्मत चयन भएको छ ।
प्रमुख अतिथि राजन दाहालद्धरा आज चयन भएका सबैलाई अबिर दोसल्ला लगाएर बधाई तथा शुभकामना व्यक्त गरिएको थियो , साथै आज भएको कार्यक्रममा सिन्धुलीका स्थानिय तहका व्यक्तित्व र पार्टीका कर्मचारी, खेलाडी, प्रशिक्षक, पत्रकार लगाएतको पनि उपस्थिति रहेको थियो ।