काठमाडौं – आइतवार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीका कारण विपतमा परेकाहरुका लागि इजरायलवाट सहयोग भएको छ। इजरायलमा रहेकी सामाजिक अभियन्ता इलित्रा क्षेत्रीको संयोजकत्वमा उठेको रकम ७२ हजार ५ सय रकम बराबरको सहयोग सामाग्री हस्तान्तरण भएको छ ।
इजरायलवाट क्षेत्रीले सहयोग संकलन गरेर नेपाल पठाइएको सो रकमबाट इटहरी स्थित पाथिभरा आमा सेवा संस्थाले बाराको कलैया वडा नंबर ७ पुगेर त्यहाँ हावा–हुरीवाट विपतमा परेकाहरुलाई सहयोग बाँड्ने कार्य गरेको हो।
महिलाका लागि आवश्यक स्यानिटरी प्याड,लत्ताकपडा,झुल लगायतका सहयोग सामाग्री वितरण गरिएको पाथिभरा आमा सेवा संस्थाले जनाएको छ। सहयोग सामाग्री वितरण गर्ने कार्यमा बारा कलैया वडा नंबर ७ अध्यक्ष रामजनम यादव तथा एकिकृत महिला संजालको समेत सहयोग रहेको थियो।
इजरायलवाट इलित्रा क्षेत्रीले व्यक्तिगत रुपमा ४० हजार र वाँकी रकम समारिका राई, राधिका थकाली, चन्दा क्षेत्री, निजिता भुजेल, कविता सुव्वा, देव खड्का, राज गुरुङ, रुपा राई लगायतले सहयोग गरेका हुन्।