धनककुटा
धनकुटाको सहिदभूमि गाउपालिकामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी नायबनिरिक्षक डम्बर थापाले लागुऔषध नियन्त्रण ऐन २०३३ का बारेमा जानकारी गराउदै लागुऔषध प्रयोग बाट हुने नकारात्मक प्रभाव र असरहरु , लागुऔषध क्रियाकलापमा संग्लन हुनेलाई दण्ड सजाय ,लागुऔषध प्रयोग बाट समाजमा पर्ने नकारात्मक असरहरु लगायतको विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा वडाहध्यक्षहरु ,वडासचिवहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक ,शिक्षक एवम कार्यपालिकासदस्य, राजनितिकदलका प्रतिनिधि ,नागरीक समाजका अगुवाहरु , विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि ,स्वास्थ्य कर्मीहरु लगायतको सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख साबित्रा राईले कार्यक्रममा बोल्नु हुदै ग्रामिण क्षेत्रमा बढि गरीबि,आर्थिक पर्छौटेपन र अविकास विध्यमानरहेकाले बाध्यत्माकरुपमा आयआर्जनको मुख्य माध्यमकोरुपमा केहि किसानले गाजाँ खेति रोजेका हुन्छन् त्यस्ता किसानलाई अन्य बैकल्पिक खेति तर्फ आकर्षित गरी लागुऔषध जन्य खेतिपातिमा लागेका किसानलाई कानुन बाट बञ्चित क्रियाकलाप बाट मुक्त राख्न सकिने धारणा राखेका थिए । साथै उहाँले किसोर किसोरी युवाहरु अन्य लागुऔषध जन्य क्रियाकलापमा संलग्न हुदा मानव संघसाधानको विकासमा समेत असर पार्ने भएकाले जनप्रतिनिधि,सुरक्षाकर्मी लगायत सबैको सहकार्य समन्वय बाट आगुऔषद उन्मुलनमा लाग्न जरुरीरहेको बताउनु भयो । यस्तै कार्यक्रममा गाँउपालिका अध्यक्ष मनोज राईले लागुऔषध समुह भित्र गाजाँलाई राखिए पनि यसबाट धेरै फाइदा रहेको भन्दै गाजाँ खेति बाट आर्थिक समृद्धि हासिल गर्न सक्ने भएता पनि मौजुता कानुनलाई पालना गर्नुपर्ने कर्तव्य सबैको भएकाले बैकल्पिक व्यवसाय गरेर गाजाँ खेतिलाई न्युनिकरण गर्दै लैजानु पर्ने बताउनु भयो ।
त्यस्तै गरी जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख थानेश्वर गौतमले समाजमा सान्ति सुव्यवस्था सदाचार कायम राख्नका लागि मौजाद कानुन विरुदमा कुनै पनि नागरीक जान नहुने भन्दै काुनन विरुद्ध क्रियाकलापमा लाग्न नहुने बताउनु भयो । साथै उहाँले लागुपदार्थ जन्य कुलत बाट सबैलाई मुक्त राख्नुपर्ने बताउनु भयो । यस्तै जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख कृष्ण प्रसाद कोइराला र सशस्त्र प्रहरी वल,छिन्ताङ गुल्मका प्रमुख दिपक बलामि मगरले प्रहरी सुरक्षा कर्मि मात्र प्रहरी हैनन समुदायमा आमनागरीक पनि प्रहरीनै भएकाले कानुन विपरित हुने क्रियाकलापका विरुद्ध सबै सचेत भएर लाग्नु पर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा सहिदभुमि गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत नविन कार्की लगायतले मन्तवय राख्दै कार्यक्रमका लागि धन्यवाद व्यक्तगरेका थिए । जिल्ला प्रशासन कार्यलय धनकुटाको आयोजना ,सहिदभुमि गाउपालिका धनकुटाको समन्वमा भएको कार्यक्रमलाई सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यलय धनकुटा र सशस्त्र प्रहरी वल,छिन्ताङ गुल्मको सहकार्य रहेको थियो ।