राष्ट्रिय युवा संघ नेपाल सहिदभुमि गाउँ कमिटीलाई पुर्णता ,

धनकुटा ,

राष्ट्रिय युवा संघ नेपाल सहिद भुमि गाउकमिटीकाे विस्तारित बैठक तथा विविध छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सघकाे विस्तारित बैठक तथा छलफल कार्यक्रमबाट प्रत्येक वडाका १ , १ जना कमिटीमा मनाेनित गर्दै संघलाई पुर्णता दिएको छ । युवा संघको भखरै सम्पन्न अधिवेशनले २३ सदस्य कार्यसमिति गठन गरेका थिए यश संगै ७ जना सदस्य मनाेनित गर्दै ३० जना सदस्यकाे कार्यसमिति बनाउदै पुर्णता दिएको अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष एवम काेशी प्रदेश संसद ईन्द्रमणी पराजुली , जिल्ला पार्टी स्कुल विभाग प्रमुख तथा सहिदभुमि गाउँपालिका अध्यक्ष मनाेज राई , राष्ट्रिय युवा संघ नेपाल धनकुटाको अध्यक्ष प्रविन पाेख्रेल लगायतको  उपस्थिति थियोे ।