हिले क्याम्पसको स्ववियु कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण,

धनकुटा ।
धनकुटा नगरपालिका वडा नं १ हिले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराईएको छ ।

विशाल तामाङको सभापतित्वमा निर्वाचित ११ सदस्यीय स्ववियु कमिटीका पदाधिकारीलाई आज क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख प्रदीप फुयालले प्रमाणपत्र वितरण गर्दै सपथ ग्रहण गराईएको हिले क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख तारानाथ मिश्रको अध्यक्षता तथा क्याम्पस निर्माण समिति संयोजक लालचन गाेङवा  प्रमुख आथ्यिमा सञ्चालित कार्यक्रममा स्ववियु कमिटीलाई बधाई समेत ज्ञापन गरिएको छ । उनिहरुलाई निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख प्रदीप फुयालले सपथ ग्रहण गराउनु भएको हो । स्ववियु सभापति अनेरास्ववियु ,  कमिटीको उपसभापतिमा उषा राई नेविसंघ , सचिवमा रामकुमार लिम्बु नेविसंघ ,सहसचिवमा रितेश कटुवाल अनेरास्ववियु ,कोषाध्यक्षमा अञ्जली कार्की  नेविसंघ बाट  रहेका छन् । अन्य सदस्यहरुमा विना विश्वकर्मा,सुष्मा तामाङ,लक्ष्मण तामाङ,रेजिना खाती,टिना जर्घा मगर र प्रविन अधिकारी रहेका छन् ।

यसै वीच विविएस प्रथम देखी तेश्रो वर्षसम्मका १५ जना विद्यार्थीहरुलाई छात्रावृत्ती पनि वितरण गरिएको छ । जसअनुसार सबैभन्दा बढी ९ हजार ६ सय र कममा २४ सय छात्रावृत्ती राशीको छात्रावृत्ती छनौट भएका छात्रछात्रालाई वितरण गरिएको क्याम्पसले जनाएको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख मिश्र सहित क्याम्पस निर्माण समिति संयोजक गोम्बा,उमावि ईञ्चार्ज रामचन्द्र चौम्लागाई,योगेश भण्डारी सहयक क्याम्पस प्रमुख फुयाल हिले माविका प्रधानाध्यापक खगेन्द्र प्रसाद अधिकारी लगायतको प्रमाणपत्र तथा छात्रावृत्ती वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक मुकुन्द प्रसाद शर्माले गर्नुभएको थियोे ।

हिले क्याम्पसमा अनेरास्ववियु र नेविसंघको आपसी समझदारीमा स्ववियु गठन गरिएको हाे । सपथ ग्रहण पछि प्रतिवद्वता मन्तव्य राख्दै सभापति तामाङले  क्याम्पसमा शैक्षिक गुणस्तर  सुधारका लागि  थप पहल तथा   खेलकुद  र भाैत्तिक  निर्माणका कार्यक्रमलाई  प्राथमिकता राखेर स्ववियु आगामी दिनमा अगाडि बढ्ने बताउनुभयो ।