धनकुटा फागुन २४
धनकुटाको सहिदभुमि गाउपालिकाले ११३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गाउपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । लैंङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रबिधिमा महिलाको पहुच भन्ने नाराका साथमा सहिदभुमि गाउपालिकाले लैंङ्गिक समानता र महिला सशक्तिकरण शिर्षकमा खुल्ला महिला बक्तृत्वकला प्रतियोगिता अयोजना गरेको हो । बक्तृत्वकला प्रतियोगितामा ५ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा शिला राई प्रथम ,रस्मिता राई दोस्रो ,बन्दना राई तेस्रो र रोसिका राई , अनिसा भुजेल सन्तावना भएको महिला तथा बालबालिका शाखा प्रमुख प्रकृति राईले जानकारी दिनुभएको छ । उनिहरुले क्रमश नगद ५ हजार ३ हजार र २ हजार करुवा र प्रमाणपत्र पुरुस्कार पाएकाछन् ।

यस्तै हाडिफोर प्रतियोगिता पबित्रा लिम्बुले जितेको छ । ४१ जना महिला सहभागि रहेको हाडिफोर प्रतियोगितामा पबित्रा लिम्बुले जित्दै नगद ३ हजार र करुवा र प्रमाणपत्र पुरस्कार पाउन सफल भएको हो । सोहि अवसरमा आयोजना गरेको महिला मेचघुमाइ प्रतियोगितामा रस्मिता राई प्रथम ,बन्दना राई दोस्रो र तेस्रो शोषिता राई भएकाछन् । उनिहरुले नगद ३ हजार ,२ हजार ,१ हजार सहित करुवा र प्रमाणपत्र प्राप्त गरेको गाउपालिकाले जनाएको छ ।
मेचघुमाइ प्रतियोगितामा जम्मा ४१ जना महिलाहरुको सहभागिता थियो । कार्यक्रम गााउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको अतिथिहरुमा गाउपालिका उपाध्यक्ष रत्नश्वरी राई ,प्रशासकिय अधिकृत गुरुदत्त शर्मा ,इन्जिनियर शरद पण्डित ,कार्यपालिका सदस्य दिवानि राई लगायतको उपस्थिति थियो । प्रतियोगितामा सहभागिलाई गाउपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रशासकिय अधिकृत गुरुदत्त शर्मा,कार्यपालिका सदस्य दिवानि राई लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रोजगार संयोजक सीता पौडेलले गर्नु भएको थियो ।