बोलिखाने भन्दा गरिखाने शक्तिको आवश्यक्ता रहेकोले प्राविधिक शिक्षामा जोड ;डा.सुवास श्री पोखरेल

धनकुटा
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद उत्तरपानीको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । परिषदले पुस्तक विमोचन,साँस्कृतीक कार्यक्रम तथा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै वार्षिकोत्सव मनाएको हो ।

बहुप्राविधिक शिक्षालय धनकुटा उत्तरपानीका प्रमुख शंकरदेव कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मनमोहन प्राविधिक विश्व विद्यालयका उपकुलपति डा.सुवास श्री पोखरेलले बोलिखाने भन्दा गरिखाने शक्तिको आवश्यक्ता रहेकोले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यहाँ डिप्लोमा सिभिल ईञ्जिनियरिङ् सञ्चालन हुनसक्ने सम्भावना रहेकाले यो तह थप्न सुझाव समेत दिनुभयो । साथै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद उत्तरपानी र मनमोहन प्राविधिक विश्व विद्यालयबीच डिप्लोमा पढ्ने विद्यार्थीका लागि कोटा छुट्टाउने बारेमा सम्झौता हुने बताउनुभयो ।

त्यस्तै गरि परिषदका सञ्चालन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लिला ९के।सी० पाण्डेले मानव श्रोत व्यवस्थापनमा राज्यको लाभांशलाई उपयोग गर्न चुनौती रहेको उल्लेख गर्दै प्राविधिक शिक्षालाई गुणस्तरिय बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अहिलेसम्म परिषदबाट उत्पादित जनशक्ती कुन( कुन क्षेत्रमा सम्वद्ध छन् रु के(के व्यवसायमा आवद्ध छन् रु भन्ने कुराको अध्ययन गरि वर्गीकरण गर्न सुझाव दिदै स्थानिय स्तरमा आवश्यक दक्ष जनशक्ती उत्पादन गनुपर्ने बताउनुभयो । कार्यक्रममा परिषदका सहायक प्रशिक्ष सोम राना मगरले लेख्नुभएको ‘’पशुस्वास्थ्य व्यवस्थापन’’ नामक पुस्तक विमोचन गरिएको छ । पुस्तकमा पशु स्वास्थ्य सम्बन्धि आवश्यक शिक्षा समेटिएको छ । परिषदले वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुबीच खेलाएको प्रतियोगिताका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । जसअनुसार महिला फुटबल तर्फ प्रथम प्रि डिप्लोमा २०७८/७९ र दोश्रो डिप्लोमा प्रथम सेमेस्टार । पुरुष फुटबल तर्फ प्रथम प्रि डिप्लोमा र दोश्रो प्रि डिप्लोमा २०७८/७९ । महिला भलिवल तर्फ प्रथम प्रि डिप्लोमा २०७८/७९ र दोश्रो प्रि डिप्लोमा २०७९/८० ।

पुरुष भलिवल तर्फ प्रथम डिप्लोमा प्रथम सेमेस्टार र दोश्रो प्रि डिप्लोमा २०७९/८० । हाजिरी जवाफ तर्फ प्रि डिप्लोमा ग्रुप, दोश्रो डिप्लोमा ग्रुप, महिला म्युजिकल्चियर तर्फ प्रथम अनिषा कटुवाल र पुरुष म्युजिकल्चियर तर्फका प्रथम पासाङपेम्बा भोटेलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै डिप्लोमा प्लान्ट साईन्स तर्फ प्रथम वर्षबाट दोश्रो वर्ष प्रवेश गर्दा उत्कृष्ठ अंक ८० दशमलब २० प्रतिशत ल्याउने विद्यार्थी मनिता आले मगर, दोश्रो वर्षबाट तेश्रो वर्षमा प्रवेश गर्दा उत्कृष्ठ अंक ८८ दशमलव २ प्रतिशत ल्याउन विद्यार्थी रेखा धमलालाई सम्मान गरिएको छ । साथै अवकास प्राप्त एक प्रशिक्षक र ४ कार्यलय सहयागीहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै विदाई गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य शिक्षालयका शिक्षक डा। प्रतिक्षा यादवले राख्नुभएको थियो ।