आई. एम. एस. कलेजमा हल्ट प्राइजको अभिमुखीकरण कार्यक्रम सम्पन्न।

काठमाडौँ,१३ मंसिर | विद्यार्थीहरूका लागि महत्वपूर्ण मानिने हल्ट प्राइज प्रतियोगिता यस वर्ष रिडिजाइनिङ फेसन (Redesigning Fashion) भन्ने नाराका साथ आई एम एस कलेजमा सुरुभएको छ।

हल्ट प्राइज अन्तर्गतको पहिलो चरण अन-क्याम्पस इभेन्टको अभिमुखीकरण कार्यक्रम क्याम्पस निर्देशक विकेश अधिकारी र उनको १३ सदस्यीय आयोजक समितिद्वारा मिति २०७९/०८/१३ गते कलेज परिसरमा सम्पन्न भएको छ।

यस इभेन्टमा हल्ट प्राइजको इतिहास र यसको महत्वका बारेमा प्रकाश पर्नुका साथसाथै यसमा भाग लिँदा ध्यान दिनुपर्ने कुराहरूमा पनि चर्चा गरिएको छ।
हल्ट प्राइज आई एम एस कलेजको पहिलो संस्करण भएतापनि एकदमै सभ्य, भव्य र सफलताका साथ समाप्त हुने आयोजकको भनाई छ।