धनकुटामा नवनिर्वाचित जनप्रतिनिधीहरु मतदातालाई भेट्दै धन्यवाद दिने क्रम जारी ,

धनकुटा बाट नवनिर्वाचित जनप्रतिनिधीहरुले मतदातालाई भेट्दै साेतैपालिकामा पुगेर धन्यवाद दिने अभियान संचालन गरिरहेकाछन् ।

जिल्लाकाे पालिकाकाे चोक चोकमा पुगेर हामीलाई अमुल्य मतदिएर जिताउनु भयो भन्दै आशीर्वाद लिदै जनतासँग धन्यवाद साटासाट गरि रहेका छन् ।

साेहि क्रममा आज महालक्ष्मी नगरपालिकाले आयाेजना गरेको धन्यवाद सभा तथा जनता संग भेटघाट गर्दै प्रतिनिधिसभा सदस्य तर्फ विजयी राजेन्द्र कुमार राई , प्रदेशसभा १का विजयी निरन राई र प्रदेशसभा २ मा विजयी ईन्द्रमणि पराजुली , समानुपातिक उम्मेदवार तारा तितुङ ,जिल्ला पार्टी उपाध्यक्ष एवम निर्वाचन परिचालन कमिटीका संयोजक चिन्तन तामाङ लगायतकाले बधाई तथा शुभकामना ग्रहण गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

साे अवसरमा महालक्ष्मी नगरपालिकाकाे बिकास समृद्धि र उन्नतीमा सधै प्रतिबद्ध रहेको भन्दै प्रतिवद्वता व्यक्त  गरेका छन् । साथै जनताको अभिमतलाई सधै उच्च कदर गर्दै शासक हाेइन सेवक बनेर निर्वाचअघि जनता माझ गरेका बाचा पूरा गर्ने प्रतिवद्वता जनाएका थिए  ।

धनकुटा बाट निर्वाचित जनप्रतिनिधिहरुले सातै पालिकाकाे जनता मतदाता संग भेटेर धन्यवाद दिने अभियान तय गरि निरन्तर जनता संग भेटघाट गरिरहेकाे छ । याे क्रम मंसिर १६ गते सम्म सञ्चालन हुने नेकपा एमाले धनकुटाले जनाएको छ ।