सैलुङ गाउँपालिकामा नेकपा एमालेको पार्टी सचीव सहित नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। नेकपा एमाले परित्याग गरि सैलुङमा नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रबेश भएको छ। हिजो नेकपा (माओवादी केन्द्र )को प्रतिनिधि सभाको उम्मेदवार गंगा कार्कीले स्वागत गर्नु भएको थियो।
नेकपा एमाले परित्याग गर्नेमा सैलुङ गाउँपालिका वाड न २ भुसाफेदाको नेकपा एमाले पार्टी सचिब राम बहादुर थापा मगर, मगर संघ दोलखा-काठमाडौ सम्पर्क मन्चको अध्यक्ष मकर बहादुर थापा मगरको टिम सहित प्रबेश गर्नु भएको थियो।उहाँहरूले एमाले परित्याग गर्नुको कारण आफ्नो घमण्ड गर्ने र कुनै विधि पद्धति नरहेको पार्टीसङ्ग बसेर कुनै भबिस्य नरहेको बताउनु भएको छ ।