काठमाडौं, ६ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-११ मा बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । गए राति काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते सुर्खेत वीरेन्द्रनगर-१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका-९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका-२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका- १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको छ ।
घाइतेमध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीेले जनाएको छ ।