धनकुटा ,
हिमाली बाैद्व पाठशाला थुप्तेन देक्षेन छ्याेलिङ गुम्बा म्हानिपा संघ जिल्ला कार्यसमिति धनकुटाकाे प्रथम साधारण सभा आज सम्पन्न भएको छ ।
संघको प्रथम साधारण सभा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।
साधारण सभामा वडा अध्यक्ष वाङद तामाङ , घेदुङका केन्द्रीय सदस्य विष्णु माेक्तान , हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवा जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थामा आवद्व तामाङ वुद्विजिवी समाजसेवीहरुले शुभकामना दिएका थिए । साधारण सभामा संघका उपाध्यक्ष पेमा कुमारी लामाले अहिलेसम्म संघले गरेका काम तथा संघको उद्वेश्य सहित संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।