२७ औ तामाङ चलचित्र दिवस सम्पन्न ।

काठमाडौं १७ भदौ । तामाङ चलचित्र संघको आयोजनामा २७ औ तामाङ चलचित्र दिवस विभिन्न सास्कृतिक कार्यक्रमका साथ विभिन्न कलाकारहरु तथा संचारकर्मीहरु लाई सम्मान गर्दै बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विषेश अथितिको रुपमा आदिवाशी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार रहेको थियो |

कार्यक्रममा पहिलो तामाङ चलचित्र सेमरी छोरङानका कलाकार तथा चर्चित्र गायक रोज मोक्तानलाई स्वर्गीय जयनन्दश्री अवार्डबाट सम्मान गरिएको थियो भने लामो समय तामाङ चलचित्र क्षेत्रमा योगदान दिई रहेको निर्देशक तथा कलाकार हुत्ता संजय लामा लाई सम्मान सोरुप ५१ हजार नगत प्रदान गरिएको थियो | त्यसै गरि चलचित्र क्षेत्रमा विभिन्न बिद्या अन्तर्गत योगदान दिने चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरेको थियो |

जस अन्तर्गत नायक तथा कथाकार रितुराज पाख्रीन, निर्माता भगवती मोक्तान, गितकार कुमार स्याङबा, संगितकार जोकलाल लामा, गायिका जितु लोप्चान, नायक टुल्साङ मोक्तान, नायिका निशा तामाङ घ्लान, चरित्र अभिनेत्री माया मोक्तान, चरित्र अभिनेता राजकुमार तामाङ, निर्देशक अजय स्याङतान, नृत्य निर्देशक सुनिल मोक्तान, छायाङकार बिक्रम मोक्तान, शृङ्गार बिना तामाङ, द्वन्द निर्देशक राजु किरात, सम्पादक दिपक लामा र पत्रकार तर्फ जगतमान बल लाई सम्मान गरेको थियो ।


प्रमुख अथिति बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो धारण राख्दै तामाङ चलचित्र संघलाई आफुले सक्ने सहयोग र सम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो | साथै समय मै कार्यक्रम सुरु नभएकोमा आयोजक टिम संग गुनासो राख्नु भयो | त्यसै कार्यक्रमका विषेश अथिति आदिवाशी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले २७ औ चलचित्र दिवस मनाए पनि जनजाति चलचित्र हरुको प्रदर्शन को सवालमा भने २७ वर्ष पहिलेकै अवस्था रहेको बताउनु भयो | चलचित्र विकाश बोर्डले समेत जनजाति चलचित्र हरुलाई बेवास्ता गरेको र पदधिकारी नियुक्तिमा समेत जनजाति लाई नसमेटिएको भन्दै त्यसको लागि सबै मिलेर संघर्स गर्नु पर्ने बताउनु भयो | कार्यक्रममा आफ्नो धारण राख्दै तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले भाषा, धर्म, सस्कार र सस्कृतिको सरक्षण तथा सम्बर्द्धन गर्न कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो |

कार्यक्रममा नायिका चादनी मोक्तान, नायिका लता योन्जन, नायक अमिर दोङ, नायिका रोशनी ब्लोन, नायिका रश्मि तामाङ, नायिका उर्मिला वाईवा, नायक सागर घिसिङ, नायक टुल्साङ मोक्तान, नायिका सुनिता दोङ लगायतका कलाकारहरुको प्रस्तुतीले कार्यक्रमलाई आकर्षण बनाएको थियो । त्यसै गरी “को म्हेन्दो मिडिया हाउस” बनेपा र डाइनमिक डान्स सेन्टरले आफ्नो प्रस्तुती दिएको थियो ।


तामाङ चलचित्र दिवस भए पनि तामाङ जातिको हकहितको लागि भनेर स्थापन भएको तामाङ घेदुङ को अध्यक्ष भने कार्यक्रममा अनुपस्थित रहेको थियो |