शैलुङ्ग गाउ पालिकामा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन गर्ने भएको छ, गाउपालिका अन्तर्गत ३ न. वडामा भाद्र ०५ देखि राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य शुरु भएको छ | साथै वडा न. ५ मा भाद्र ६ गते देखि साबिक वडा र टोलहरुको ५ न. वडा कार्यलयमा दर्ता गर्ने भएको छ |
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट दोलखा जिल्लामा राष्ट्रिय परियचपत्रको विवरण दर्ता अभियान अन्तर्गत सो कार्य शुरु भएको हो | कतिपय वडा बासीहरुले सो परिचय पत्र बनाइसकेको भए पनि धेरै जसोको परिचय पत्र बनाउनै बाकि रहेको अबस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट दोलखाले शैलुङ्ग गाउ पालिकामा यो अभियान शुरु गरिएको हो |
उक्त परिचय पत्र बनाउन नेपालि नागरिकताको सक्कल प्रमाण पत्र, नागरिकतामा जन्ममिति नखुलेकाको हकमा जन्ममिति खुल्ने प्रमाण, नागरिकका प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक ठेगाना भएमा ठेगाना प्रमाणित गर्ने बसाईसराई वा बसोबास प्रमाणपत्र भएको कागज, नागरिकतामा पति/पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाणपत्र वा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पति पत्नी भएको प्रमाणित हुने कागज , नागरिकतामा अग्रेजीमा नामथर नभएमा भरसक अग्रेजी नामथर खुल्ने कागजात, विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकता अनुसार जस्तै मृत्यु दर्ता, सम्बन्ध विच्छेद जस्ता कागजातहरु जुटाउनु पर्नेछ भने स्वयम् ब्यक्ति नै उपस्थित हुनु पर्नेछ | बिबाहित पुरुष वा महिलाको हकमा आफ्नो सक्कल नागरिकता, पतिको नाम भएको श्रीमतीको सक्कल नागरिकता, बिबाह दर्ता वा कुनै छोरा या छोरी भएमा जन्म दर्ता , अबिबाहितको हकमा सक्कल नागरिकता र एकल महिला या पुरुष भएमा सक्कल नागरिकता या पति पत्नीको मिर्त्युको दर्ता जस्ता प्रामनाहरु जुटाउनु पर्नेछ |
बिहान १० बजे देखि साझ ५:३० सम्म दर्ता गर्ने क्रममा फरक फरक टोलको मिति तोकिएको छ, 