काठमाडौँ ४ भदौ | लोकतान्त्रिक युवा संजाल द्वारा एसइई (SEE) मा उत्तीर्ण शैलुङ गाउँपालिकाका विद्यार्थीहरुलाई सम्मान तथा मायाको चिनो हस्तान्तरण गरेको छ | काठमाडौँ सिफल स्थित टेक्सस इन्टरनेसनल कलेजमा एक कार्यक्रम गरी उक्ता सम्मान तथा मायाको चिनो हस्तान्तरण गरेको हो | कुनै पनि विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न बाट बन्चित नहोस् भन्ने उद्देश्यका साथ आफुहरुले यो कार्यक्रम गरेको र कुनै पनि विद्यार्थी लाई पढ्नका लागि आर्थिक अभाव छ भने आफुहरुलाई सम्पर्क गर्न क्रयाक्रमका संयोजक तथा नेबी संघ सदस्य सुशान्त तामाङले बताउनु भयो |

प्रमुख अथितिका रुपमा आफ्नो धारण राख्दै केन्दीय सदस्य काफ्ले ले भन्नु भयो “यो समाज परिवर्तन र देश विकाशका लागि गहिरो चिन्तन गरी पढ्नु पर्ने बताउदै, हिजो समाज किन परिवर्तन भएन ? देश किन बिकाश भएन ? विभिन्न अविस्कारका कार्यहरु किन भएन भन्ने प्रश्न गर्नु भन्दानी यो मेरो लागि प्रकृतिले छोडेको हो भन्ने सोच राख्दै अगाडी बढ्न विद्यार्थीहरु लाई आग्रह गर्नु भयो |

कार्यक्रममा प्रमुख अथितिका रुपमा नेपाली कांग्रेससा केन्द्रीय सदस्य कुन्दन राज काफ्ले रहेको थियो भने विशेष अथितिको रुपमा डा.विद्यानाथ कोइराला (शिक्षा विद) रहेको थियो |त्यसै गरी कार्यक्रममा अथितिका रुपमा कुमार भुजेल , करुणा सगर सिग्देल, सुस्म पाण्डे , प्रनिल तामाङ, प्रचण्ड दिप कार्की आदिको उपस्थिति रहेको थियो
