नेपाल पत्रकार महासंघ द्वारा पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने

काठमाडौँ, १८ साउन । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाउने भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको पहलमा जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाउन लागिएको हो ।

शनिबार बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाउन लागिएकोले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले सबैलाई अनुरोध गरेका छन् । उनले भने कामको व्यस्तताले गर्दा पत्रकारले परिचयपत्र बनाउन नभ्याए सँगै हामीहरुले उहाँहरुको समस्यालाई मध्यनजर गरी यस कामको सुविधा दिन लागेका हौँ । अरु दिन आफ्नो कार्य क्षेत्रमा ब्यस्त हुने भएकाले शनिबार परेर सो कार्यको आयोजना गरेका छौ , यसले दिन भरि लाइन बस्नु पर्ने झन्झट बाट पत्रकारहरु मुक्त हुने बताउनु भयो ।

परिचयपत्र बनाउन आउँदा हरेक पत्रकारले अनलाइन फारम भरेको विवरणको प्रिन्ट तथा विवाहिताको हकमा सक्कल विवाह दर्ता गरेको प्रमाणपत्र एवं सक्कल नागरिकता र अविवाहिताले भने सक्कल नागरिकता अनिवार्य लिएर आउन समेत सचिव कार्कीले सबैलाई आग्रह गरेका छन् ।