साउन १२/ रसुवा जिल्लाको उतरी भेगमा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल आमाछोदिङमो (पर्वती कुणडमा) यस वर्ष भव्यताका साथ् मेला लाग्ने भएको छ |
गत साल कोरोना महामारीको कारणले गर्दा पुजा आज बाहेक खासै मेलाको माहोल नदेखे पनि यस वर्ष जनै पुर्णिमाको अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब २५५०मिटर उचाइमा रहेको यो धार्मिक स्थल रसुवा जिल्लाको नमूना “black villages” कालो गाउँको उच्च स्थानमा रहेको एक उत्कृष्ट गन्तव्य हो|
साना–ठूला धार्मिक र पर्यटकीय महत्व बोकेर आमाछोदिङमो (पार्वती कुणड) रहेका छन् । एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गरेको पाइन्छ, त्यस्तै गरि छिमेकी जिल्लाहरु नुवाकोट ,धादिङ ,सिन्धुपाल्चोक लगायत जिल्लाभरिको ठाउबाट मानिसहरु मौलिक लोक गित र तामाङ सेलो गितको लयमा नाँच्दै गाउदै सेसे बोम्बो र मेन्दोमाया, फापरे गीतहरु गाउदै आउने गर्दछन | यस्तै रमझम प्रस्तुतिले गर्दा यो धार्मिक स्थल साच्चिकै मनमोहक नै हुने गर्दछ | अन्य जिल्लाहरु सहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आउने साथै कुणड दर्शन गर्नका लागि मानिसहरुको घुइचो लाग्ने गर्दछन , यस क्षेत्रम साना तथा ठुलो सवारी साधनहरु जुनसुकै समयमा पनि यात्रा गर्न सकिन्छ| यस मेलामा विभिन्न ताजा फलफूल, दुध लिएर भक्तालुले चढाउन आउने गर्दछ । विशेषगरी यहाँ जाने भक्तालु श्रदालुहरुले खेतीपाती अन्नबाली लगायत मानबिय सुख शान्ति समृदिको लागि कामना गर्ने गर्दछन |
विभिन्न स्थानमा होटेल होमस्टे जस्ता रहेकोले यहा जानेहरुको लागि खान बस्नको लागि राम्रै सुबिधा रहेको पाइन्छ, पर्यटकीय प्रबर्द्धनको लागि यसपाली आमाछोदिङमो गाउँपालिका–३ का स्थानीय युवाहरूलाईले सरसफाइ तथा मेला व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।