हिलेबजार व्यवस्थापन समिति अध्यक्षमा लालचन गाेङवा ,

असार २९

धनकुटाकाे हिले बजार व्यवस्थापन समिति लालचन गाेङवाकाे अध्यक्षतामा पुनरगठन गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष वाङदा तामाङकाे प्रमुख आतिथ्यमा आज बसेकाे बैठकबाट लालचन गाेङवाकाे अध्यक्षतामा १५ सदस्य हिले बजार व्यवस्थापन समिति पुनर गठन गरिएकाे हाे ।

समितिको उपाध्यक्ष भाेगेन्द्र थापा , सचिव धिरेन थिङ , सहसचिव याेगेन्द्र साही , काेषाअध्यक्ष जमुना माेक्तान रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा अम्बिका घिमिरे , लिला तितुङ ,राधिका थापा ,साेम रमा , किरण शाक्य , टेकबहादुर गाेङवा , टीका पाख्रीन ,हरि दाहाल ,ध्रुव तामाङ र प्रतीक्षा वरुवाल (ठकुरी ) रहेकाछन् ।