धनकुटाको चौबिसेमा घरायसी विवादको क्रममा श्रीमतीलाई खुर्पा प्रहार

धनकुटा जेठ ३१ | धनकुटाको चौबिसे गाउपालिकामा घरायसी वाद विवादको क्रममा श्रीमतीलाई धारीलो हतियार प्रयोग गरी घाइते बनाएकाछन् । आज बिहान करिब ५ बजेको समयमा चौबिसे गाउपालिका वडा नं ५ हमेला बस्ने वर्ष ३३ का जसन तामाङले घरायसी विवादका कारण आफनै श्रीमती वर्ष २८ की सुनिता तामाङलाई धारीलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जानकारी दिएको छ ।

घाइते सुनिताको वाया खुटा र दाहिने हातमा गम्भिर चोट लागेको छ । सुनितालाई अहिले उपचारका लागि धरान स्थित घोपा क्याममा पठाएको छ । जसन तामाङलाई चौैबिसे गाउपालिकाको मौनाबुधुक इलाका प्रहरी कार्यलय राजारानीले नियन्त्रणमा लिइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।