सहिदभूमि गाउँपालिकामा अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

1586

धनकुटा ।
धनकुटाको सहिदभूमी गाउँपालिकामा अध्यक्षकप महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । पालिकाको आयोजनामा यहि असार १३ देखी १५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

सक्षम खेलाडी, प्रतिष्पर्धी खेलकुद भन्ने नारालाई सार्थक तुल्याउन प्रतियोगिता आयोजना गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीद्धारा हस्ताक्षरित सू्रचनामा उल्लेख छ । यसअघि पालिकाले १५ दिनकाे फरमा  प्रशिक्षण पनि दिएको थियो । प्रतियोगितामा सहभागि भई तेश्रो स्थानसम्म हाँसिल गर्ने टिम पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख छ ।

Previous articleप्रबिधिमैत्रि शिक्षणका लागि सहिदभूमिमा ७ दिने कम्प्युटर तालिम सञ्चालन ,
Next articleध्वजे डाँडामा २२ देशका झण्डा

Leave a Reply