रसुवा, प्रभात लामा । हिमाली जिल्ला उतारी भेगमा पर्ने रसुवागाडी नाकमा नेपालको १६ औं गणतन्त्र दिवसको दिवसको अवसारमा सरसफाइ कार्यक्रम सप्पन्न भएको छ ।

सरसफाइ कार्यक्रम गोसाइँकुण्ड गाउँपालिका वडा २ वडाअध्यक्ष कामी छिरिङ तामाङ,नेपाली सशस्त्र प्रहरी,नेपाली जनपथ प्रहरी, विभिन्न संघ सस्थाको कर्मचारी प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा रसुवागाढी नाक सरसफाइ गरेको वडा अध्यक्ष तामाङले बताए । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि विभिन्न कालखण्डमा सहादत प्राप्त गर्नुहुने ज्ञात आज्ञत सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली आर्पन सहित नेपालको १६ औं गणतन्त्र दिवसको यस अवसरमा सुशासन,सामाजिक न्याय र आर्थिक विकाससहितको समृद्धिका पक्षधर सबै नेपाली दिदिबहिनी दाजुभाइहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको अध्यक्ष द्वारा जानकारी दिनु भयो |
