धनकुटा
नेपाल आदिवासी जनजाति धनकुटा नगर समन्वय परिषदकाे आयोजनामा माझी समुदायको उत्थान तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम धनकुटा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष टंक राेइलाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे । प्रमुख अतिथि वडा अध्यक्ष राेईलाले कार्यक्रममा बाेल्नु हुदै माझी समुदायको जीवन स्तर उकास्नका लागि सचेतना मुलक तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आवाश्यक रहेको बताउनुभयाे । साथै वडाकाे तर्फबाट माझी बस्तीलाई गर्नसक्ने काम गर्न आफू तयार रहेको प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा ६९ जना माझीहरुकाे सहभागीता थियोे । उक्त कार्यक्रममा फाेनिज केन्द्रीय सदस्य तथा पत्रकार विदुर खवासले माझी समुदायको उत्थान , वृद्धि विकास ,माझी समुदायको अवस्था लगायत विषयमा सहजिकरण गर्नुभएकाे थियोे । कार्यक्रम नगर समन्वय परिषदका अध्यक्ष दालामु सेर्पाकाे अध्यक्षतामा सञ्चालन भएको थियोे । कार्यक्रममा नगर समन्वय परिषदका निवर्तमान अध्यक्ष रविन खड्गि लगायतकाे उपस्थिति थियोे ।