वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको नेपालि सेनाद्धरा निमार्ण गरिएको मूल प्रवेशद्धार गेटको उदघाटन

धनकुटा बैशाख २५ ,
धनकुटा नगरपालिका वडा नं १ हिले स्थित रहेको वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको नेपालि सेनाद्धरा निमार्ण गरिएको मूल प्रवेशद्धार गेटको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी आस बहादुर तामाङ पिएच.डिले प्रवेशद्धारको उद्घाटन गर्नुहुदै मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको छ । उदघाटन गर्दै उपरथी तामाङले यस क्षेत्रमा धार्मीक पर्यटन विकासका लागि सहयोग पु¥याउनुका साथै मन्दिरको सोभा बढाएको बताउनु भयो । कोशी प्रदेशका ६ जिल्लामा सेनाले धार्मीक तथा पुरातात्विक क्षेत्रमा संरक्षण सम्र्वद्धनका लागि विभिन्न काम गरीरहेको उहाले बताउनु भयो ।

पूर्वी पृतना हेडक्वाटर इटहरी तथा श्री नम्बर २ बाहिनी अड हिलेको विशेष पहलमा नेपाली सेनाको शीघ्र प्रभावकारी योजना अन्तरगत प्रवेशद्धार निमार्ण गरिएको हो । आर्थिक वर्ष ०७९÷८० मा विनियोजित बजेट १० लाखले गत कार्तिक बाट यो प्रवेशद्धार निमार्ण सुरु गरेर चैत्र महिनामा निमार्ण सम्पन्न गरिएको थियो । कार्यक्रममा धनकुटा नगरपालिकाको मेयर चिन्तन तामाङ , श्री २ नम्बर बाहिनी अड हिलेका बाहिनीपति सहायक रथी महेश कुमार थापा ,वडा अध्यक्ष ओङद तामाङ ,विभिन्न सुरक्षा निकायका प्रमुख ,सञ्चारकर्मी लगायत स्थानियको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य श्री भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले राख्नु भएको थियो ।