समाजसेवी मिलान तामाङ द्वारा “प्रबल जनसेवाश्री” मानपदवी ग्रहण

रसुवा, ३ वैशाख | प्रभात लामा || हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउँपालिकाको समाजसेवी मिलान तामाङ द्वारा “प्रबल जनसेवाश्री’मानपदवी ग्रहण गर्नु भएको छ |संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषितमा छनोट भएका तामाङ लाई नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा “प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गर्नु भएको हो ।

शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा आमाछोदिङमो गाउँपालिका-४ गोल्जुङ तथा रसुवा जिल्लाको पुर्व जि.वि.स.सभापति मिलन तामाङले समाजमा पुग्याएको योगदानका आधारमा विभूषित गरिएको हो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार भदौ ३१ गते जनसेवाश्री मानपदवी प्रदान गर्ने घोषणा गर्नु भएको थियो | साथै नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले खादा र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियोे |